Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया गाउँपालिका अन्तर्गतका विद्यालय स्तरीय प्रथम अध्यक्ष कप बृहत खेलकुद प्रतियोगिता शुरु

  • कैलाली दर्पण
  • शनिबार, फाल्गुन १४, २०७८
बर्दगोरिया गाउँपालिका अन्तर्गतका विद्यालय स्तरीय प्रथम अध्यक्ष कप बृहत खेलकुद प्रतियोगिता शुरु

बौनिया / कैलालीको बर्दगोरिया गाउँपालिकामा विद्यालय स्तरीय प्रथम अध्यक्ष कप बृहत खेलकुद प्रतियोगिता शुरु भएको छ । बर्दगोरिया  गाउँपालिकाको प्रायोजनमा बसन्त मुरारी नमूना माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क बहादुर कुवरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अथितिका रूपमा पालिका उपाध्यक्ष भगवती देवि डगौरा थारु रहनु भएको थियो । गाउँपालिका अन्तर्गतका विद्यालयहरु सहभागी प्रतियोगिताको शनिबार पालिका अध्यक्ष थारुले उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थारुले खेलकुद विद्यार्थी र बालबालिकाको शैक्षिक ,मानसिक तथा शारीरिक हिसाबले तनदुरुस्त गर्ने मात्रै नभैइ अनुशासनका क्षेत्रमा ठूलो योगदान दिने बताउनुभयो । उहाँले अध्यक्ष कप खेलकुद प्रतियोगिता अघिल्लो सालनै गर्ने भनिएपनी कोरोना महामारीले सिङ्गो विश्व आकान्त हुदा गर्न नसकिएको हुँदा ,यसपटक थुप्रै चुनौतिका बाबजुद कार्यक्रम संचालन गरिएको बताउनुभयो । उहाँले पालिकाले यहाँका कुनै पनि विद्यालय र शैक्षिक क्षेत्रलाई विभेद नगरेको भन्दै सबैलाई समान रुपले हेर्दै शैक्षिक तथा विकासका गतिविधि संचालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा पालिका उपाध्यक्ष भगवती देवि डगौरा थारुले सबैको साथ र सहयोगबाट ,निश्चित समयको पावन्दी भित्र रही लामो समयपछि अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालन गर्न सफल भएको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यमा देखिएको राजनीतिले सिङ्गो क्षेत्रमा असरपार्ने यसप्रति सबै सजक हुनुपर्ने बताउनुभयो । उहाँले विद्यालय क्षेत्रमा विद्यार्थीको भविस्य अन्यौल पार्नेगरी राजनीति नगर्न सुझाव दिनुभयो । यदि राजनीतिनै गर्नुछ भने विद्यालाय छोडेर फिल्डमै पार्टीको झोला र झण्डा बोकेर आउन चुनौती दिनुभयो ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष करने सुनारले पालिकाकालाई शैक्षिक ,सामाजिक तथा खेलकुदका माध्यमबाट नमूना बनाउने कार्यक्रम अगाडि बढिरहेको बेला आपसी वैमनस्यता र राजनीतिक खिचातानीलाई मुख्य मुद्दा बनायर खेल जगतको क्रियाकलापमा विद्याथीलाई समावेश नगरिनु राम्रो नभएको बताउनुभयो ।

कालिका मावी नौनियाका प्रधानाध्यापक उदय सिंह बीसी,माइकी मिडिया इङलिस बोर्डिङ स्कुलका प्रअ बलराज भाट,पछिल्लो समय शैक्षिक क्षेत्रमा समेत व्याप्त देखिएको राजनीतिक प्रतिशोधका कारण बालबालिकालाई शैक्षिक तथा खेलकुद गतिविधिबाट बन्चित गर्ने परिपाटी दु:खद भएको बताउनुभयो । १९ गतेसम्म चल्ने प्रतियोगितामा सामुदायिक र संस्थागत गरि १८ विद्यालयको सहभागिता छ ।

सम्बन्धित समाचार
ताजा अपडेट