निर्मला शाही बौनियाँ / नेकपा एमाले मोहन्याल गाउँ कमिटी संगठन बिस्तार र सुदृढीकरणमा जुटेको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै एमाले ले मोहन्याल गाउँपालिकामा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको हो ।
यसैक्रमा शनिबार मोहन्याल गाउपालिका वडा नम्बर ७ ज्यामिरे टोल कमिटी गठन गरिएको छ। जसको अध्यक्षमा दिनेश जैसी उपाध्यक्ष सिहं ब. बिक ,सचीव टेक ब. बिष्ट ,सह सचिव सिता देबि थापा र शुर्य कुमारी शाही सहित ३० सदस्यीय को कमिटी सर्बसहमत गठन गरिएको छ।
वडा कमिटी अध्यक्ष महेश बिष्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँ कमिटी सदस्य तिर्थ जैसी विशिष्ट अतिथी राधिका माझी लगायत को उपस्थिति रहेको थियो ।
सोहि कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टि परित्याग गरी ८ जना नेकपा एमालेमा प्रबेश गरेका छन् ।
