५असोज/कैलालीको लम्कीचुहा नगरपालिका-५ चौरीमा रहेको श्री जन जागृती माध्यमिक विद्यालयले नेपालीहरुको महानपर्व २०८२ सालको बिजया दशमी ,शुभ दिपावली र छटपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रण सिंह बिकको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ५ का अध्यक्ष माया बिस्ट रहनु भएको थियो । यसै गरि कार्यक्रममा बिशिस्ट अतिथी शिक्षक अभिभावक संघ अध्यक्ष रीतिका बिस्ट,प्रधानाध्यापक पुष्कर सिंह बोहरा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहायक प्रधानाध्यापक पदम राज खनाल (पारस) को स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन शिक्षक एकेन्द्र भण्डारीले गरेका थिए ।
यसैगरी कार्यक्रममा कक्षा शिशु देखि कक्षा १२ सम्मको बार्षिक परिक्षामा प्रथम ,द्दितिय र तृतीय स्थान हासिल गर्नेलाई पुरस्कृत गरिएको थियो । साथै विद्यालयमा अतिरिक्त क्रियाकलापमा प्रथम ,द्दितिय र तृतीय स्थान हासिल गर्नेलाई समेत पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गजल,कबिता र सास्कृती नृत्य समेत प्रस्तुत गरेका थिए ।
