Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

राजकुला सामुदायिक बन उपभोक्ता समुहको १८ औं बार्षिक साधारण सभा सम्पन्न

  • कैलाली दर्पण
  • शुक्रबार, अशोज ३, २०८२
राजकुला सामुदायिक बन उपभोक्ता समुहको १८ औं बार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको राजकुला सामुदायिक बन उपभोक्ता समुहको १८ औं बार्षिक साधारण सभा तथा सार्बजनिक सुनुवाई सम्पन्न भएको छ ।
सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष भिम बहादुर बिठारिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा सामुदायिक बन उपभोक्ता समितिका कैलाली अध्यक्ष कर्ण बहादुर रावल र कार्यपालिका सदस्य सरस्वती तिरुवा रहनु भएको थियो ।

सामुदायिक बनका सचिव माया जोशिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा सब डिभिजन बन कार्यालय बौनियाका फरेस्टर राम बहादुर रावल, बालकन्या मा वि क प्र अ लाल बहादुर गडशिला, बसन्त मुरारी नमुना मा वि का शिक्षक प्रभु नाथ जोशी, वडा सदस्य प्रकाश साउद लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सामुदायिक बनले आर्थिक बर्ष २०८१/०८२ को ४ लाख, १० हजार रुपैयाँ बराबरको आय व्यय समुहका अध्यक्ष भिम बहादुर बिठारिले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन संचारकर्मी पदम राज ओझाले गर्नु भएको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट