बौनियाँ/ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलबाट अब सिधै दिल्ली, बेङ्गलोर, थाइल्याण्ड, जापान लगायतका देशमा जान सकिने बताएका छन्। शुक्रबार अत्तरियामा सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आलेले यस्तो बताएका हुन्।
‘अब सिधै दिल्ली, बेङ्गलोर, थाइल्याण्ड, जापान लगायतका देशमा जान हामीले काठमाण्डौंलाई गुहार्नु पर्दैन। काठमाण्डौंको साहारा लिनु पर्दैन। सुदूरपश्चिमले यतैबाट थालनी गरिसकेको छ’ उनले भने, ‘मैले दुई चरणमा बजेट मागेको छु। नेपाल सरकारको तर्फबाट बजेटको सुनिश्चितता होस भनेर अर्थमन्त्री ज्युलाई मन्त्रालयबाट टिप्पणी उठाएर पठाएको छु।’
उनले विमानस्थलका लागि एडीबीसंग पनि कुरा अगाडी बढाएको बताए। चाडै काम थालिने उनको भनाइ छ।