सन्त निरंकारी सत्संग भवन मोतीपूर को आयोजना मा बृहत सत्संग तथा ” आत्मा मन्थन ” नामक पूस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
सन्त निरंकारी मिशन नेपाल को बि स २०२० साल चैत्र २० सूदूर पश्चिम प्रदेश को अछाम जिल्ला गोयलापानी बाट स्थापना गरिएको थियो। तत्कालीन अवस्था मा स्थापना गर्ने मध्यका ब्रम्हालिन आदर्णिय माहात्मा नन्दलाल रेग्मि द्वारा लेखिएको शब्द संकलित गरेर पूस्तक तयार पारिएको बताईएको छ ।
उक्त पूस्तक एक कार्यक्रम का बिच सन्त निरंकारी मण्डल नेपाल का अध्यक्ष नर बहादुर रावल ले विमोचन गरेका छन् ।
सन्त निरंकारी सत्संग भवन मोतीपूर का सक्रिय सेवादल माया कूंवर खड्का ले सञ्चालन गरेको बृहत सत्संग कार्यक्रम मा गितकार हरू योन्जन जी मोतीपूर,प्रकाश जोशी चूहा ,धनन्जय जी अमौरी, इन्द्र सिह रावल टिकापुर,नैन सिह जी टिकापुर,प्रसन्न बटाला टिकापुर,शेर अमर जी लगायतका ले भजन ले सबैलाई भाव बिभोर बनाएका थिए भने कविराज रेग्मी धनगढी कविता र नरेन्द्र बोहोरा बलिया कृष्ण रेग्मि मोतीपूर,झंकर बिष्ट धनगढी, देवराज रेग्मी अछाम, देवराज रिमाल सडकपूर बौनिया,दिपक रावल टिकापुर, प्रकाश मान ठकूल्ला टिकापुर,नवल सिंह बोहोरा बलिया, देवराज रेग्मि मोतीपूर ले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
पूस्तक विमोचन का साथै सन्त निरंकारी मण्डल नेपाल का अध्यक्ष नर बहादुर रावल को अतिथ्य मा बृहत सत्संग कार्यक्रम पनि सम्पन्न भएको छ।