२४ साउन/कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ स्थित श्री भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालय सुगरखालको नवनिर्मित ६ कोठे र चार कोठे पक्की भवनको उद्घाटन गरिएको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर)ले रिवन काटेर र शिलालेख अनावरण गरि उद्घाटन गरेका हुन ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रशाद जैसीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय (हिमशिखर) रहनु भएको थियो ।
विद्यालयको उदघाटन गर्दै प्रमुख अतिथी उपाध्यायले आफू निरन्तर मोहन्याल गाउँपालिकाको चौतर्फी बिकास निर्माणकार्यमा लागी रहेको बताए । शिक्षा क्षेत्र लाई पहिलो प्राथमिकता दिई मोहन्याललाई टिनको छाना मुक्त बिधालय बनाउने अभियान समेत रहेको अध्यक्ष उपाध्यायले बताए ।
आफुले शिक्षामा लगाएक लगानी अनुसार संतोषजनक नतिजा नआएको हुदा शिक्षकहरुले सक्रिय र इमानदारी पुर्वक गुणस्तरीय शिक्षा हासिलका लागि कटिबद्ध भएर काम गर्नु पर्ने आग्रह गरेका छन् ।
प्रधानाध्यापक मोतिराम जैसीले स्वागत गरेको कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष खन्टे खत्री,समाजसेवी टंक प्रशाद उपाध्याय ,गणेश प्रशाद चौलागाईंले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षक दीर्घ राज जैसीले गरेका थिए ।
नवनिर्मित ६ कोठे भवन निर्माणका लागि आर्थिक बर्ष ०८१/०८२ मा गाउँपालिकाले ६० लाख बजेट बिनियोजित गरेको थियो भने ४ कोठे भवन निर्माणका प्रदेश सरकारले आर्थिक बर्ष २०७४/०७५ मा ३६ लाख बजेट बिनियोजित गरेको थियो ।
भैरवमाला राष्ट्रिय माध्यमिक बिधालय ०८०/०८१ को एसईइ परिक्षा निल भएको थियो ।
