Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया-३ मा पौष्टिक आहार वितरण

  • कैलाली दर्पण
  • सोमवार, साउन १२, २०८२
बर्दगोरिया-३ मा पौष्टिक आहार वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा पौष्टिक आहर पोषण बितरण गरिएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर र वडा अध्यक्ष मनऋषी आचार्यले एक कार्यक्रमका बिच बितरण गर्नु भएको हो ।

पालिका अध्यक्ष कुँवरले रैथाने बालिमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रम अन्तरगत गर्भवती महिला, सुत्केरी महिला र ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुका लागि सुदुरपस्चिम प्रदेश सरकार संग माग गरेर बितरण गर्नुभएको हो ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मनऋषी आचार्यको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो ।
पोषण झोला बितरण गर्दै पालिक अध्यक्ष कर्ण बहादुर कुँवरले आफू जनताको सेवक हु,त्यसैले वडा नम्बर ३ का सुत्केरी महिला,गर्भवती महिला र जेष्ठ नागरिक संगै असाय, अशक्त हरुलाई केही शक्ति,तथा इनर्जी पुगोस् भन्ने उद्देश्यले पोषण खानेकुरा बितरण गरेको बताउनु भयो ।

कार्यक्रम माथी प्रकाश पार्दै स्वास्थ्य शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत मीन बहादुर धामीले प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले असाय,अशक्तहरुका लागी पोषिलो खानेकुरा सहयोग गरेको बताउनु भयो । उहाँले यसलाई खाने तरिका र प्रत्येक महिना सुत्केरी हुन आउने महिलाहरुलाई बितरण गर्ने गरि कार्यक्रम तय भएको बताउनु भयो । उहाले यो पोषण झोला वडा नम्बर ३ का ३ सय ४० जनालाई प्रतिव्यक्ति ५ किलो १० प्याकेटका दरले बितरण गरिने बताउनु भयो । कार्यक्रमको संचालन सिनियर अहेब अनिल बिक्रम सिंहले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट