Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पुष्पलाल स्मृति दिवसको अवसरमा बर्दगोरियाको राजकुला सामुदायिक बनमा बृक्षारोपण

  • कैलाली दर्पण
  • बुधबार, साउन ७, २०८२
पुष्पलाल स्मृति दिवसको अवसरमा बर्दगोरियाको राजकुला सामुदायिक बनमा बृक्षारोपण

बर्दगोरिया/ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित राजकुला सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

प्रेस चौतारी नेपाल, कैलालीको आयोजनामा तथा प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समिति‍को सहकार्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो । वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रमले स्थानीय स्तरमै स्मृति दिवसको विशेष महत्व दर्शाएको आयोजकहरूले बताएका छन्।

कार्यक्रममा बोल्दै प्रेस चौतारी सुदूरपश्चिम प्रदेश इन्चार्ज दिल बहादुर छत्यालले पत्रकारहरुले लेख्ने मात्रै नभएर समाजमा हित हुने अतिरिक्त क्रियाकलाप गरेकोमा प्रशंसा गरे । कम्युनिस्ट पार्टी स्थापनामा पुष्पलालको महत्वपुर्ण योगदान रहेको स्मरण गर्दै छत्यालले उहाँको सम्झनामा यस्ता कार्यक्रम गरिनु राम्रो पक्ष रहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटि सदस्य तथा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवरले पुष्पलालको स्मृती दिवशमा बर्दगोरियामै आएर बृक्षारोपण कार्यक्रम गरेकोमा प्रेस चौतारीलाई धन्यवाद दिए । बर्दगोरिया गाउँपालिका भौतिक पुर्वाधारको बिकास सगैं वातावरण र मानविय बिकास समेत सगंसगैं गरिरकेको उनले बताए । बर्दगोरियामा निशुल्क शव बाहन देखी दाहसंस्कार खर्च सम्मका कार्यक्रम सञ्चालन रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै नेकपा एमाले कैलाली जिल्लाका अध्यक्ष यज्ञ ढुगांनाले कम्युनिष्ट आन्दोलनमा पुष्पलालले दिएको योगदान आज पनि उतिकै सान्दर्भिक रहेको बताएका छन्। उनले भनेका छन्, कमरेड पुष्पलालले हामीलाई भौतिक रुपमा छाडेर गए पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई उहाँले दिनुभएको योगदान आज पनि उतिकै सान्दर्भिक छ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश सह-इन्चार्ज शुसिल ढुगांना, चाँदनी आचार्य, प्रेस चौतारी नेपालका केन्द्रिय सामाजिक सञ्जाल बिभाग प्रमुख कृष्ण ओली, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं कैलाली इन्चार्ज हरि जोशी, पुर्व सुदुरपश्चिम सह-इन्चार्ज गेबिन्द रोश्यारा, पुर्व लेखा आयोग सदस्य लिला जगं शाही लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपालका सुदुरपश्चिम महासचिव भानुभक्त आचार्यले कार्यक्रम माथी प्रकाश पारेका थिए भने, प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष जनक सिहं बिष्टले धन्यवाद ज्ञापन गरेका थिए ।

पुष्पलालको योगदानको स्मरण गर्दै वातावरणीय संरक्षणका यस्ता कार्यक्रमहरू समाज रूपान्तरणमा महत्वपूर्ण हुने हुँदा बृक्षारोपण कार्यक्रम आयोजना गरिएको प्रेस चौतारी नेपाल कैलालीका सचिव दिनेश बिष्टले बताए ।

राजकुला सामुदायिक वनमा अमला, निम लगायत फलफूल र छायाँ दिने बिरुवाहरू रोपिएको उनले बताए । वृक्षारोपण कार्यक्रममा प्रेस चौतारीका सदस्यहरू, नेकपा एमाले कार्यकर्ताहरू, बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधिहरू, स्थानीयवासी तथा वातावरणप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजक संस्थाले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।

 

सम्बन्धित समाचार
ताजा अपडेट