Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालमा विपद पोर्टल तथा साइबर सुरक्षा सम्बन्धी २ दिने तालिम शुरु 

  • कैलाली दर्पण
  • शुक्रबार, असार २०, २०८२
मोहन्यालमा विपद पोर्टल तथा साइबर सुरक्षा सम्बन्धी २ दिने तालिम शुरु 

२० असार/कैलालीको मोहन्याल गाउपालिका वडा नम्बर १ चायाँभावरमा मोहन्याल गाउँपालिका विपद शाखाको आयोजनामा २ दिने विपद पोर्टल तथा साइवर सुरक्षा सम्बन्धी तालिम शुरु भएको छ ।

शुक्रबार मोहन्याल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रेम बहादुर बुढाको सभापतित्व्मा भएको कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष कमल बहादुर साउँद रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कमल बहादुर साउँदले बर्षातको समयमा बिपदहरु आइलाग्ने भएकाले यो कार्यक्रम गर्दा केही सहजहुने बताए । मोहन्याल जस्तो भौगोलिक बिकट गाउँपालिकामा विभिन्न खालका बिपदहरु आईलागेका छन तत्काल त्यस्ता बिपदहरुलाई समाधान गर्न सबैले आ-आफ्नो ठाउँ बाट बिपदमा परेका व्यक्तिहरुलाई सघाउन आग्रह गरे ।

 यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले बर्षादमा बाढी पहिरो,चट्याङ , गर्मीमा हावा हुरी,आगलागी लगायतका बिपद सम्बन्धि घटना हुन सक्ने भएकोले बिपद बाट वचन पुर्व सूचना र सचेतना सन्देश मुलुक सूचना ,उद्दार टोलि ,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी लगायत पुर्व तयारी अबस्थामा राख्ने वयवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रशासन सहायक टिकाराम पौडेलको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष बम बहादुर बुढा ,बिधालय निरीक्षक टेकबहादुर साउदले शुभकामना मनतब्य राखेका थिए ।

कार्यक्रमको संचालन रोजगार सहायक दिपक बिकले गरेका थिए । कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष प्रवीण घर्तिमगर, ७ नम्बर वडा अध्यक्ष नवराज कठायत, कार्यपालिका सदस्य ,वडासचिव,वडा प्राबिधिक ,लगायतको सहभागीता रहेको थियो ।तालिमको सहजीकरण प्रमुख प्रशिक्षक उदयराम जैसी र टिकाराम पौडेलले गरेका छन् । तालिम भोली सनिबार सम्म संचालन हुने छ ।

सम्बन्धित समाचार
ताजा अपडेट