बाैनिया/ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको यही फाल्गुन १६ गते कैलालीको घोडाघोडीमा खुला आमसभा कार्यक्रम हुने भएको छ । कार्यक्रमलाइ सम्बोधन गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आउने भएका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखडमा फागुन १६ गते राप्रपा जिल्ला कार्यसमितिको मूल समिति र घोडाघोडी नगर कार्य समितिको उप समितिले गर्न लागेको आमसभा कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन आउने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गरेको हो ।
खुला आमसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष लिङ्देन सहित पार्टीका केन्द्रिय तहका शीर्ष नेताहरुलाई पनि आमन्त्रणा गरिएको जानकारी दिएका हुन । साथै भर्खरै पार्टी प्रवेश गरेका ज्ञानेन्द्र शाही पनि आउने भएका छन् ।
पछिल्लो समय आसन चुनाव लक्षित कार्यक्रम विभिन्न पार्टीले गर्दै आइरहेकाले पनि राप्रपाले आयोजना गर्न लागिरहेको आमसभालाई समेत चुनाव लक्षित तवरले हेरिएको छ ।