Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरीया ,१ झगडपुरमा नेपाली काङ्ग्रेसको टोल कार्यसमिति गठन सम्पन्र

  • कैलाली दर्पण
  • बुधबार, फाल्गुन ११, २०७८
बर्दगोरीया ,१ झगडपुरमा नेपाली काङ्ग्रेसको टोल कार्यसमिति गठन सम्पन्र

निर्मला शाही बौनिया/ कैलालीको बर्दगोरीया गाउँपालिकामा नेपाली काङ्ग्रेसले  टोल  कार्यसमिति संगठन बिस्तारलाइ तीब्र पारेको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै काङ्ग्रेसले बर्दगोरियामा  आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको हो ।

यसैक्रममा बुधवार बर्दगोरिया गाउँपालिका वडा न १ बौनिया बजार उत्तर झगडपुर ५ नम्बर टोल कार्यसमिति केशर बि.क को सभापतित्वमा १८ सदस्यीय गठन गरिएको छ । जसको उपसभापति अमर नाथ देबकोटा, सचिव मिलन सुनार,कोषाध्यक्ष गंगा भण्डारी जोशी,सहसचिव तारा प्र खतिवडा रहनुभएको छ ।

वडा सभापति दिपेन्द्र कुमार बमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि महाधिबेशन प्रतिनिधी पुर्ब महासमिति सदस्य हिमबहादुर रावल रहनु भएको थियोे भने कार्यक्रममा बिशिस्ट अतिथिहरुमा महाधिबेशन प्रतिनिधी सिबा थापा, क्षेत्रीय सचिव बृजेश रावल ,अतिथिहरुमा प्रदेश ख. का उपसभापति प्रेमभक्त जोशी, प्रदेश प्रतिनिधी,झकंर सुनार ,बालकुमारी सुनार, गाउँपालिकाका निबर्तमान सभापति गणेश शाही ,गाउँपालिकाका उपसभापति प्रमोद मल्ल क्षेत्रीय प्रतिनिधी भिम बलायर,गाउँपालिका सहसचिव ठक्कर बम लगायतका पस्थिति रहेको थियो ।

सोही कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी २० जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट