२३ जेठ/कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ प्रतातपुरमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयमा शिक्षकहरुको विदाइ तथा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ ।
शुक्रबार विद्यालय प्राङगणमा एक औपचारीक कार्यक्रमको आयोजना गदैँ विद्यालय परिवारले शिक्षकहरुको स्वागत तथा विदाई गरेको हो ।
लम्कीचुहा नगरपालिकाले स्थानीय शिक्षक दरबन्दी मिलान कार्यविधि अनुसार शैक्षिकसत्र २०८२ को सुरुवातमै मावि,निमावि ,प्रावि र बालबिकास सहित एकै पटक २ सय ११ जना शिक्षकलाइ नगरपालिका भित्रका विभिन्न विद्यालयमा सरुवा गरेको थियो।
सोहीअनुसार सरस्वती माध्यमिक विद्यालयमा कार्यरत १४ जना सरुवा भएका शिक्षकहरुलाई विद्यालय परिवारले सम्मान-पत्र,मायाको चिनो कासाको थाल र करुवा सहित दोसल्ला ओढाएर सम्मानजनक बिदाई गरेको छ।
अन्तरविद्यालयमा सरुवा हुनेमा प्रधानाध्यापक ठन्डराज जोशी,सहायक प्रधानाध्यापक खड्क चौधरी ,पुर्व प्राचार्य प्रेम प्रशाद कोइराला,राम एकवाल यादव,सिद्ध राज जोशी,प्रेमबहादुर रावल,छोटेलाल चौधरी,यज्ञ बिक्रम बम,दिपा बडायक, टेकबहादुर मल्ल, सुनिता रावल ,डम्बर कुमारी सुवेदी,स्वेता रावल र बाल कुमारी चौधरी सहित १४ जना रहेका छन् ।
यसैगरी विभिन्न बिधालयबाट सरुवा भएर नयाँ आउने शिक्षकहरुलाई पनि आजै विद्यालयमा स्वागत गरिएको छ।
सरुवाभई आउने शिक्षकहरुमा नारायण प्रशाद भट्ट,दयाराम जोशी,बिरेन्द्र न्यौपाने,अनिल चौधरी,बिष्णु प्रशाद ढकाल,बिश्वनाथ उपाध्याय ,कृष्ण प्रशाद अधिकारी,धनिराम चौधरी ,खेमा महत्तो,कृतन चौधरी,दुर्गा चौधरी,मिना रावल र लोकेशरी रावल लाई विद्यालयमा स्वागत गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी पुर्व शिक्षा तथा खेलकुद राज्यमन्त्री मोहनसिंह राठौर,बिशिस्ट अतिथी वडा सदस्य अर्जुन रावल रहनु भएको थियो।
शिक्षक सुनिता मिश्रको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी मोहनसिह राठौर,बिशिस्ट अतिथी अर्जुन रावल ,पुर्व प्रधानाध्यापक ठन्ड राज जोशी,पुर्व प्राचार्य प्रेम प्रशाद कोइराला ,जानकी आधारभुत बिधालय खरौलाका प्रधानाध्यापक खड्क चौधरी ,नवजागरण आधारभुत बिधालयका प्रधानाध्यापक दिपा बडायक, शिक्षक अभिभावक संघ अध्यक्ष सुनिता सार्की ,पुर्व शिक्षक सिद्धराज जोशी ,नव आगन्तुक शिक्षक बिरेन्द्र न्यौपाने लगायत शिक्षकहरुले आफ्नो काम कर्तव्य प्रती इमानदारी पुर्बक पूरा गरि गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरेका थिए ।
कार्यक्रमको संचालन प्रधानाध्यापक डेबिट बहादुर शाहीले गरेका थिए ।
साथै कार्यक्रममा विद्यालयका छात्र आर्यन बिकले बिज्ञान प्रविधि क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्सन गर्न सफल भएको भन्दै ५ हजार नगद सहित दोसल्ला ओढायर सम्मान समेत गरिएको थियो।