२१ जेठ/संघीय सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि बर्दगोरिया गाउँपालिकालाई १५ करोड १५ लाख रुपैयाँ बढिबजेट विनियोजन गर्दै ५२ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
जुन आर्थिक बर्ष २०८१/०८२ को बिनियोजित बजेट भन्दा १५ करोड १५ लाख बढी हुन्छ ।
बर्दगोरिया गाउँपालिका लाई संघीय सरकारले गत आर्थिक बर्षमा ३७ करोड २३ लाख ८१ हजार रुपैयाँ बिनियोजित गरेको थियो।
गत आर्थिक बर्षको कार्य सम्पादन मुल्यांकनमा बर्दगोरिया जिल्लाका १३ पालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा रहेका १३ स्थानीय तह मध्य बर्दगोरिया गाउँपालिका ६२ दशमलव ७ अङ्कसहित तेस्रो भएको हो ।
सरकारले कैलालीका १३ स्थानीय तहलाई कुल ७ अर्ब ११ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
एक मात्र उप महानगरपालिका धनगढी उप महानगरपालिकालाई ९९ करोड १ लाख रुपैयाँ विनियाजन गरेको छ ।
यसै लम्कीचुहा नगरपालिकालाई ५५ करोड २९ लाख, गोदावरी नगरपालिकालाई ६७ करोड ८६ लाख,गौरीगंगा नगरपालिकालाई ४२ करोड १४ लाख,घोडाघोडी नगरपालिकालाई ६२ करोड ५१ लाख, टीकापुर नगरपालिकालाई ५२ करोड ७८ लाख र भजनी नगरपालिकालाई करोड ४१ करोड ७६ लाख रुपैया बिनियोजन गरिएको छ।
यसैगरी गाउँपालिकामा सबैभन्दा धेरै जोशीपुर गाउँपालिको बजेट बढेको छ । आ.व. २०८१/०८२ मा ३९ करोड ३८ लाख बजेट रहेकोमा आ.व. २०८२/०८३ का लागि २५ करोड ९ लाख बढि अर्थात ५२ करोड २७ विनियोजन गरिएको छ ।
त्यस्तै अर्को उल्लेखीय बृद्धि भएको गाउँपालिका जानकी गाउँपालिका हो । १७ करोड ९० लाख बढि सहित जानकी गाउँपालिकालाई ६४ करोड १३लाख रुपैयाँ विनियोजन गरिएको छ भने चुरे गाउँपालिका लाई १ करोड ७३ लाख बढी सहित ३३ करोड ४९ लाख रुपैया विनियोजन गरिएको छ।।
कैलारी गाउँपालिकाको बजेट भने घटाइएको छ । ४ करोड ३४ लाख रुपैयाँ कम गर्दै कैलारीलाई ४७ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, महोन्याल गाउँपालिकाको पनि बजेट घटाइएको छ । आ.व. २०८१/०८२ मा ३४ करोड ४८ लाख रुपैयाँ विनियोजन गरिएको आगामी आर्थिक वर्षको लागि १ करोड ५७ लाख कम अर्थात ३२ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।