१६ जेठ/सिटिजन्स बैंक मोहन्याल गाउँपालिकाको खिमडी शाखाले विद्यालयलाई खेलकुदका सामग्री सहयोग गरेको छ।
शुक्रबार बैंकको खिमडी शाखाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई ती सामग्री सहयोग गरेको हो।
यस वर्षको सहयोग मोहन्याल गाउँपालिका– ६ सोल्टामा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई ४० हजार बराबरको खेलकुद सामाग्री खिमडी शाखा प्रमुख नरेन्द्र सिंह धामीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र बहादुर शाही लाई हस्तान्तरण गर्नु भएको छ।
व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष कृष्ण बहादुर शाही र बिशिस्ट अतिथि बैंक शाखा प्रमुख नरेन्द्र सिंह धामी रहनु भएको थियोे ।
खेलकुद सामग्री सहयोग भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र शाहीले यो सहयोगले पठनपाठनमा सहयोग पुग्ने बतााउनु भयो।
कार्यक्रमको सन्चालन प्रधानाध्यापक कृष्ण प्रसाद जैशीले गर्नु भएको थियो