बाैनियाँ/ लम्किचुहा नगरपालिका वडा नम्बर ७ ,को बाउनपुरमा उषा जोशी को अध्यक्षतामा ३१ सदस्यीय बामनपुर टोल कमिटी गठन गरिएको छ।उपाध्यक्षमा भक्ती चौलागाईं ,सचिब भुमी प्रशाद चौलागाईं उप सचिव गोमा चौलागाईं ,बिरेन्द्र जागरी रहेका छन ।वडा कमिटी अध्यक्ष बिष्णु धमालाको सभापतितब भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला कमिटी सदस्य दल बहादुर बिस्ट ,बिशिस्ट अतिथी नगर कमिटी अध्यक्ष तुला सिह थापा अतिथिहरु नगर कमिटी सचिव शेर बहादुर बिस्ट पुर्व जिल्ला कमिटी सदस्य नबराज बिस्ट लगायतको उपस्थिति रहेको थियो।
यस्तै वडा नम्बर २ को बघनियामा कुश्माखर जैसीको अध्यक्षता ३१ सदस्यीय बगनिया टोलकमिटी गठन सम्पन्न गरिएको छ।उपाध्यक्षमा बासुदेव बजगाइ,सचिव शेर बहादुर बटाला,उप सचिव सर्मिला बटाला र पबित्रा थापा मगर रहेका छन । वडा कमिटी अध्यक्ष बिष्णु कडायतको सभापतितब भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला कमिटी सदस्य दल बहादुर बिस्ट,बिशिस्ट अतिथी जिल्ला कमिटी सदस्य धनन्जय न्यौपाने ,,अतिथी हरुमापुर्व जिल्ला कमिटी सदस्य नबराज बिस्ट,नगर कमिटी अध्यक्ष तुला सिह थापा ,नगर कमिटी सचिव शेर बहादुर बिस्ट लगायतको उपस्थिति रहेको थियो ।