Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बाल विद्या निकेतन आविमा शिक्षकहरुको विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • शुक्रबार, जेष्ठ १६, २०८२
बाल विद्या निकेतन आविमा शिक्षकहरुको विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

१६ जेठ/कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० तिघरीमा रहेको श्री बाल बिद्या निकेतन आधारभुत विद्यालयमा शिक्षकहरुको विदाइ तथा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ ।

शुक्रबार  विद्यालय परिवारले एक औपचारीक कार्यक्रमको आयोजना गदैँ  शिक्षकहरुको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको हो ।

लम्कीचुहा नगरपालिकाले स्थानीय शिक्षक दरबन्दी मिलान कार्यविधि अनुसार शैक्षिकसत्र २०८२ को सुरुवातमै मावि,निमावि ,प्रावि र बालबिकास सहित एकै  पटक २ सय ११ जना शिक्षकलाइ नगरपालिका भित्रका विभिन्न विद्यालयमा सरुवा गरेको थियो।

सोहीअनुसार बाल विद्या  निकेतन आधारभुत बिधालयमा कार्यरत ३ जना सरुवा भएका शिक्षकहरुलाई विद्यालय परिवारले कदर पत्र र दोसल्ला ओढाएर सम्मानजनक बिदाइ गरेको छ।

अन्तर विद्यालयमा सरुवा हुनेमा प्रधानाध्यापक सरस्वती कठायत स्वार, शिक्षक हिरालाल चौधरी र अनिता चौधरी रहेका छन् ।

यसैगरी विभिन्न बिधालयबाट सरुवा भएर नयाँ आउने ३ जना  शिक्षकहरुलाई पनि आजै विद्यालयमा स्वागत गरिएको छ।

सरुवा भई आउने शिक्षकहरुमा नौरता खड्का ,सीता खड्का र सारीका मल्ल रहेका छन् ।

प्रधानाध्यापक कोकिला रावलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश बहादुर बिस्ट,बिशिस्ट अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य लिलाजंग शाही ,पुर्व प्रधानाध्यापक सरस्वती कठायत स्वार ,पुर्व शिक्षक हिरालाल चौधरी,नव आगन्तुक शिक्षक नौरता खडकाले शुभकामना मनतब्य राख्नु भएको थियो ।

शिक्षक बिष्णु रिजालको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रमको संचालन शिक्षक पुष्प राज कठरियाले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट