Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाली काङ्ग्रेसद्वारा १६ औं दिनको पुण्य तिथिमा शोक सभा सम्पन्न

  • कैलाली दर्पण
  • सोमवार, जेष्ठ १२, २०८२
नेपाली काङ्ग्रेसद्वारा १६ औं दिनको पुण्य तिथिमा शोक सभा सम्पन्न

१२ जेठ/नेपाली काग्रेसका नेता तथा वडा नम्बर २ का क्रियाशिल सदस्य स्व.लक्षिराम रिमालको १६ औं दिनको पुण्य तिथिमा शोकसभा सम्पन्न गरिएको छ ।

आइतवार नेपाली कांग्रेस लम्किचुहा २ नम्बर वडा कार्य समितिको आयोजनामा जमुना रिसोर्टको सभाहलमा स्व.रिमालको सम्झनामा श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न गरेको हो।

वडा कार्यसमिति सभापति नंया राम धमालाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी महासमिति सदस्य हिम बहादुर रावल रहनु भएको थियो।

शोकसभाम मृतात्मा प्रति शव्द श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य हिम बहादुर रावलले स्वर्गीय लक्षिराम रिमालले पार्टीका लागि पुर्याउनु भएको लामो समयको योगदानको नेपाली काग्रेसले उच्च मुल्यांकन गर्ने बताउनु भयो।

शोक सभामा उपस्थित क्षेत्रीय सचिब ब्रिजेश रावल ,प्रदेश ‘क’ क्षेत्रीय सभापति भिम प्रशाद जैसी,जिल्ला संगठन विभाग सदस्य बद्री प्रशाद ढकाल, नेपाली काङ्ग्रेसका युवा नेता नृप राज उपाध्याय ,नेपाल शिक्षक संघ नगर कार्यसमिति सह-सचीव डेबिट बहादुर शाही लगायतले स्वर्गीय लक्षिराम रिमाल प्रति समबेदना प्रकट गर्दै वहाँले सामाजिक र राजनैतिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै स्व.रिमाल जस्ता अग्रज हरुको पार्टी प्रतिको अटुट आस्थाले पार्टी जिवन्त रहेको बताए ।

कार्यक्रमको संचालन वडा कार्यसमिति सचिव सिजन तिमिल्सिनाले गरेका थिए ।

स्व.रिमालको गत बैशाख २६ गते सडक दुर्घटनामा परि निधन भएको थियो । उहाँका १ धर्मपत्नी २ छोरा र २ छोरी छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट