Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल , ७ कचालीमा नेकपा एमालेको टोल कमिटी गठन सम्पन्र

  • कैलाली दर्पण
  • सोमवार, फाल्गुन ९, २०७८
मोहन्याल , ७ कचालीमा नेकपा एमालेको टोल कमिटी गठन सम्पन्र

निर्मला शाही बौनियाँ / नेकपा एमाले मोहन्याल गाउँ कमिटी संगठन बिस्तार र सुदृढीकरणमा जुटेको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै एमाले ले मोहन्याल गाउँपालिकामा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पारेको हो ।

यसैक्रमा  सोमबार  मोहन्याल गाउपालिका वडा नम्बर ७ कचाली टोल कमिटी गठन गरिएको छ। जसको अध्यक्षमा कमल बहादुर शाही उपाध्यक्ष मान सिह भुल   ,सचीव मान बहादुर भुल ,सह सचिव पार्वती भुल  र हर्कबहादुर थापा सहित  २९ सदस्यीय को कमिटी सर्बसहमत गठन गरिएको छ।

वडा कमिटी अध्यक्ष महेश बिष्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख  अतिथि जिल्ला कमिटी सदस्य बिरेन्द्र रावल , अतिथीहरु जिल्ला कमिटी सदस्य खर प्रशाद अधिकारी ,  गा.पा. कमिटी अध्यक्ष पुर्ण साउद,पुर्ब जिल्ला कमिटी सदस्य धरम थापा,शंकर बिस्ट , युवा संघ नेपाल गाउँ कमिटी अध्यक्ष रोशन खनाल ,ललित  ब. शाही, अनिल रावल,पदम दमाई, धर्म राज सोनि ,जगत रावल ,लिला राम माझी,राधिका माझी लगायत को उपस्थिति रहेको थियो ।

सोहि कार्यक्रममा नेपाली काङ्ग्रेसका क्रियासील सदस्य प्रजित बडुवालले काङ्ग्रेस पार्टि परित्याग गरी नेकपा एमालेमा प्रबेश गरेका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट