२ जेठ,निर्मला शाही/कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ९ मैनावाडाँडामा रहेको दुर्गा आधारभुत विद्यालयमा शिक्षकहरुको विदाइ तथा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ ।
शुक्रबार विद्यालय प्राङगणमा एक औपचारीक कार्यक्रमको आयोजना गदैँ विद्यालय व्यवस्थापन समितिले शिक्षकहरुको स्वागत तथा विदाई गरेको हो ।
लम्किचुहा नगरपालिकाको स्थानीय नगर शिक्षा ऐन अनुसार नगरपालिका भित्र सरुवा गरेका शिक्षकहरुको दुर्गा आविमा कार्यरत रहेका ५ जना शिक्षकहरु लाई सम्मान पत्र र दोसल्ला ओढाएर विद्यालयले सम्मान जनक बिदाइ गरिएको छ।
अन्तरविद्यालयमा सरुवा हुने प्रधानाध्यापक नारायण प्रशाद भट्टलाई सरस्वती माध्यमिक बिधालय प्रतापपुर, देवीलाल चौधरी, रिता चौधरी र ललिता जोशीलाई लक्ष्मी आधारभुत बिधालय बङ्गालीपुरमा र निर्मला चौधरीलाई नवजागरण आधारभुत विद्यालय बनबर्षामा सरुवा गरिएको छ।
यसैगरी सरुवा भएर नयाँ आएका पाँच जना शिक्षकहरुलाई आजै विद्यालयमा स्वागत गरिएको छ ।
सरुवा भइ आउने हरुमा बालसेवा माध्यमिक बिधालय चाकाबाडिका प्रधानाध्यापक ध्वज बहादुर देउवा ,लक्ष्मी आधारभुत बिधालय बंगालीपुर बाट शारदा रावल,चन्द्रबहादुर कामी,माया चौधरी र जानकी आवि खरौलाबाट सरुवा भइ आउने मन्जु लम्साल लाई विद्यालयमा स्वागत गरिएको छ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर रावलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका ईश्वरी बजगाइले गर्नु भएको थियो।
कार्यक्रममा पुर्व प्रधानाध्यापक नारायण प्रशाद भट्ट ,ध्वज बहादुर देउवा , नि.प्रअ शेर बहादुर भुल,समाजदेवी चन्द्रदेव भण्डारीले शुभकामना मनतब्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन शिक्षक भरत कुमार शाहीले गरेका थिए ।
