Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सप्तऋषि बिजनेस ग्रुप प्रालीमा छापा/दालमा अखाद्य बस्तु भेटिएको भन्दै ११५ बोरा नस्ट

  • कैलाली दर्पण
  • मङ्लबार, बैशाख २३, २०८२
सप्तऋषि बिजनेस ग्रुप प्रालीमा छापा/दालमा अखाद्य बस्तु भेटिएको भन्दै ११५ बोरा नस्ट

२३ बैशाख/सप्तऋषि बिजनेस ग्रुप प्रालीमा छापा/ दालमा अखाद्य बस्तु भेटिएको भन्दै ११५ बोरा नस्ट
सप्तऋषि बिजनेस ग्रुप प्रालीमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयकोे संयोजकत्वमा, जिल्ला प्रशासन कार्यालय कैलाली, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय र लम्कीचुहा नगरपालिकाको समन्वयमा संयुक्त टोलीले छापा मारेको छ ।

छापा हान्दा भेटिएको मासको दाल ३० केजिकोे ११५ बोरा अखाद्य वस्तु मिसिएको भन्दै नष्ट गरिएको छ । उक्त टोलीले मासको दाललाई ल्याब टेस्ट गर्दा ७० प्रतिशत अखाद्य वस्तु रहेकाे पाईएको हो ।

उक्त भन्सारबाट ल्याईएको र दालमा अखाद्य बस्तु मिसिएको सप्त ऋषि ग्रुप प्रालिलाई पनि थाहा नभएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक सत्यराज जोशीले बताउनुभयो । उपभोक्ताहरकाे स्वास्थ्यमा असर पर्ने भएकोले उक्त दाल नष्ट गरेकाे जोशीले बताउनुभयो । र सप्त ऋषि ग्रुप प्रालिका संचालकहरूले पनि सोही दाल खाँदै आएको पाईएको छ। सबै जनालाई सचेत रहन पनि आग्रह गर्दै गुणस्तर जाँच गरेर मात्र खान अनुरोध गरिएको छ ।

सप्त ऋसी बिजनेस ग्रुप पालीका संचालक पुष्प राज ढकालले आफुहरुले ल्याएको खाद्यान्न भन्सारले मान्यता दिएको बताए ।उपभोक्ता हकहित संरक्षण मंचको नापजाँच गुणस्तर नपुगेको भन्दै अनुगमन गरि सामान नस्ट गरिएको हो ।

सम्बन्धित समाचार
ताजा अपडेट