Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

काङ्ग्रेस मोहन्याल–१ को वडा अधिवेशन सम्पन्न,सभापतिमा बोहरा

  • कैलाली दर्पण
  • शनिबार, अशोज १७, २०८३
काङ्ग्रेस मोहन्याल–१ को वडा अधिवेशन सम्पन्न,सभापतिमा बोहरा

नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन अन्तर्गत कैलालीको मोहन्याल गाउँपालिका वडा नं.१ को वडा अधिबेशन सम्पन्न भएको छ।

अधिवेशनबाट देवबहादुर बोहराको सभापतित्वमा १३ सदस्यीय वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक पिरमबहादुर बुढाले जानकारी दिएका छन्।

उपसभापतिमा हिरासिंह भण्डारी र रोनिया विक, सचिवमा बिर्मा कुमारी बुढा तथा सहसचिवमा विक निर्वाचित भएका छन्।

यस्तै अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा पिरमबहादुर बुढा, लक्ष्मणबहादुर बम, कल्पना थापा, पार्वती बुढा, हिरालाल विक, निर्मला बुढा, मनहरे बुढा, परमानन्द न्यौपाने, शिवसिंह ठकुरी, राजबहादुर कठायत, लोकेन्द्र थापा, डिल्ली रावल, महेन्द्र बिसी, प्रकाश विक, सीताराम श्रेष्ठ, लालबहादुर विक, खड्ग विक र किरण भारतीसहित २२ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित  भएका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट