कैलालीको गौरीगंगा नगरपालिका–६ स्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जनाले भागेर ज्यान जोगाएका छन्।
मृत्यु हुनेमा गौरीगंगा नगरपालिका-६ चरिडाडा बस्ने करिब ४० वर्षीय कृष्ण चौधरी रहेका छन।
चौधरी बिहिवार स्थानीय शिवलाल राना र हंस रानासँगै बिहान करिब ५ बजे च्याउ खोज्न जंगल गएका थिए। च्याउ खोज्ने क्रममा उनलाई बाघले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
चौधरीसँगै रहेका शिवलाल राना र हंस रानाले भागेर ज्यान जोगाएका छन्।
घटनाबारे बिहान ८ः०५ बजे जानकारी पाएपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा इलाका प्रहरी कार्यालय चौमालाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।