Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल–३ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत सम्पन्न, सभापतिमा पुन मगर

  • कैलाली दर्पण
  • बिहिबार, अशोज १५, २०८३
मोहन्याल–३ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत सम्पन्न, सभापतिमा पुन मगर

कैलाली। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलालीको मोहन्याल गाउँपालिका -३ मा वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ।

अधिवेशनबाट सभापतिमा देवेन्द्रबहादुर पुन मगर,उप-सभापतिमा डम्बर साउद, सचिवमा प्रकाश बुढा क्षेत्री र सहसचिवमा अनिता बडैला शाही चयन भएका छन्। सदस्यहरूमा जनपुरा बोगटी, परमानन्द पाण्डे, मनिता पुन मगर र हर्कबहादुर शाहीलगायत रहेका छन्।

त्यस्तै क्षेत्रीय प्रतिनिधिमा जयगिरी, खगेन्द्रबहादुर शाही, चन्द्र बुढा, रेखा बुढाथापा, मिलन थापा, पल्लराज गिरी, रतनराज गिरी, धनागिरी, सुनिता शाह, जनक बुढा, हिमाल शाही, उमेश सहकारी, बिष्णु जैसी, रवि देवकोटा, नबिन बगाले मगर, लालसिंह बुढा, बिमला कुमारी साउद, जया धामी र कृष्ण बुढा निर्विरोध चयन भएका छन्।

नेपाली कांग्रेस वडा नं. ३ का संयोजक खगेन्द्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएको गरिएको हो।

अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग गर्ने नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट