Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बालकन्या माविका खेलाडीलाई रुपक सुनार र अरुण राणाको खेलकुद पोसाक सहयोग

  • कैलाली दर्पण
  • मङ्लबार, अशोज १३, २०८३
बालकन्या माविका खेलाडीलाई रुपक सुनार र अरुण राणाको खेलकुद पोसाक सहयोग

कैलालीको बर्दगोरिया गाउँपालिका–१, कट्टीपुरस्थित बालकन्या माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीलाई स्थानीय दुई व्यवसायी तथा समाजसेवीले खेलकुद पोसाक सहयोग गरेका छन्।

बौनिया बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा शैलेश्वरी सुनचाँदी गहना पसलका सञ्चालक रुपक सुनार र बौनिया बजारस्थित राणा मार्केटका सञ्चालक अरुण शमशेर राणाले विद्यालयका खेलाडी विद्यार्थीका लागि खेलकुद पोसाक सहयोग गरेका हुन्।

उनीहरूले विद्यालयका १०/१० जोडी खेलाडी विद्यार्थीका लागि पोसाक विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका विद्यालयले जनाएको छ।

विद्यालयले सहयोगी सुनार र राणाप्रति आभार व्यक्त गर्दै विद्यार्थीको खेलकुद तथा अतिरिक्त क्रियाकलापको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेको छ। साथै, आगामी दिनमा समेत यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट