Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

  • कैलाली दर्पण
  • सोमवार, अशोज १२, २०८३
दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाहीको गोडैता नगरपालिका–१, बहादुरपुरमा खोलामा डुबेर एक वृद्ध बेपत्ता भएका छन्।

आज दिउँसो छिमेकीको दाहसंस्कारमा सहभागी हुन गएका ७० वर्षीय छित्नु साह नुहाउने क्रममा लखन्देही सोती खोलामा डुबेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार लगातारको वर्षाका कारण खोलामा पानीको सतह बढेको थियो।

बेपत्ता साहको खोजीका लागि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको डीएसपी गौतमले जानकारी दिए।

सम्बन्धित समाचार
ताजा अपडेट