बौनिया/नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट पुराना अनुभवी तथा सक्रिय नेता एवं अवकाशप्राप्त शिक्षक देविराम अधिकारीले खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएका छन्।
पार्टी तथा संगठन निर्माणमा लामो समयदेखि सक्रिय अधिकारी २०३६ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएका थिए। शिक्षक पेशामा प्रवेश गरेपछि २०४१ सालदेखि २०७८ सालसम्म नेपाल शिक्षक संघमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए। उनले त्रिवेणी माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हाल्दै शिक्षा क्षेत्रमा लामो समय सेवा गरेका छन।
अधिकारीले २०४८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेदेखि निरन्तर पार्टी संगठनमा सक्रिय रहँदै आएका छन्। नेपाल शिक्षक संघको क्षेत्रीय सदस्य तथा जिल्ला सदस्यको जिम्मेवारीमा रहेर संघ–संगठन विस्तारमा समेत योगदान पुर्याएका थिए
नेपाली कांग्रेसको ९औँ, १०औँ र ११औँ महाधिवेशनमा साविक सुगरखाल गाविसमा निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका अधिकारी १२औँ महाधिवेशनमा कैलाली क्षेत्र नम्बर २ को क्षेत्रीय निर्वाचन अधिकृतका रूपमा समेत जिम्मेवारीमा रहेका थिए। उनले संघ, प्रदेश तथा स्थानीय तहका निर्वाचनमा पनि सक्रिय भूमिका निर्वाह गरेका छन्।
३७ वर्ष ११ महिना मोहन्यालमा शिक्षण सेवा गरेका अधिकारीले मोहन्याल क्षेत्रमा नेपाली कांग्रेसको संगठन निर्माणमा समेत योगदान पुर्याएका छन्।
असोज १२ गते हुने अधिबेशनमा आफूलाई अत्याधिक मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी गराउन क्षेत्रीय प्रतिनिधि, पालिका सभापति, वडा सभापति, पार्टीका अग्रज नेता तथा युवाहरूसँग अधिकारीले अपिल गरेका छन्।
