कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी ४० वर्षीया पार्वती साउद घाँस काट्ने क्रममा रुखबाट लडेर मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार प्रेमबहादुर साउदकी श्रीमती पार्वती शुक्रबार दिउँसो स्थानीय बारवन सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्। साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शनिबार बिहान करिब ९ बजे रुखबाट लडेको अवस्थामा उनको शव फेला पारेका हुन्।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चौमाला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।