Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

खतराको सूची पार गरेपछि सप्तकोशीका ४३ ढोका खोलिए

  • कैलाली दर्पण
  • शनिबार, अशोज १०, २०८३
खतराको सूची पार गरेपछि सप्तकोशीका ४३ ढोका खोलिए
Oplus_16908288

अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।
शनिबार बिहान ६ बजे मापन गरिएको पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेपछि ४३ वटा ढोका खोलिएको हो।

जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई सतर्क रहन तथा जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ। तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन र कोशी नदीमा माछा मार्ने तथा दाउरा सङ्कलन नगर्न प्रशासनले अनुरोध गरेको छ।
कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र ४ वटा नहर गरी जम्मा ५६ वटा ढोका रहेका छन्।

सम्बन्धित समाचार
ताजा अपडेट