Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मुख्यमन्त्री भट्टसमक्ष बर्दगोरिया गाउँपालिकाको बजेट मागपत्र पेश

  • कैलाली दर्पण
  • शुक्रबार, अशोज ९, २०८३
मुख्यमन्त्री भट्टसमक्ष बर्दगोरिया गाउँपालिकाको बजेट मागपत्र पेश

बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर ले आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यक बजेट माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट समक्ष मागपत्र पेश गर्नुभएको छ ।

उक्त मागपत्रमा गाउँपालिकाभित्रका सडक, शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधार विकाससँग सम्बन्धित प्राथमिकतामा रहेका योजनाहरू समेटिएको जनाइएको छ। स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गर्न आग्रह गर्दै गाउँपालिकाको समग्र विकासका लागि प्रदेश सरकारसँग सहकार्यको अपेक्षा गरिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो।

मुख्यमन्त्री भट्टले स्थानीय तहका प्राथमिकता अनुसारका योजनामा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष कर्ण बहादुरु कुँवर सहितको टोलिले भौतिक मन्त्री ,सामाजिक मन्त्री,कृषि ,पर्यटन लगाएतका मन्त्रालयमा मन्त्रीहरु संग भेटघाट गरेर बर्दगोरिया गाउँपालिकाको समग्र बिकासलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्न माग गर्नु भएको हो ।

मागपत्र बुझ्दै प्रदेशका मन्त्रीहरुले आफूले सक्ने हदसम्म विकास निर्माणका क्षेत्रमा बजेट विनियोजनका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

अध्यक्ष कुँवर सहितको टोलिमा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,२ का अध्यक्ष गोबिन्द बि क, ३ का अध्यक्ष मनऋषी आचार्य र बर्दगोरिया कलेज प्रमुख चन्दा खरेल लगाएतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार
ताजा अपडेट