Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल कांग्रेस सभापतिमा गणेश घर्तीमगर निर्विरोध निर्वाचित

  • कैलाली दर्पण
  • बिहिबार, अशोज ८, २०८३
मोहन्याल कांग्रेस सभापतिमा गणेश घर्तीमगर निर्विरोध निर्वाचित

निर्मला शाही बौनिया/नेपाली कांग्रेसको १५औँ महाधिवेशन  अन्तर्गत कैलालीको मोहन्याल गाउँ कार्यसमिति सभापतिमा गणेश घर्तीमगर निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उप-सभापतिमा ऐलिना देवी केसी र भीमबहादुर देउवा, सचिवमा हिक्मत बडुवाल तथा सह-सचिवमा अमर बुढा निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै दलित सदस्यमा विष्णा देवी कसेरा र दिल्प भुल तथा युवा सदस्यमा टिकाराम जैसी, लोकेन्द्र घर्तीमगर र रूपा घर्तीमगर निर्विरोध निर्वाचित भएका छन्।

जिल्ला सदस्य (भूगोल) तर्फ झरना सिजाली मगर र दीपेन्द्रबहादुर शाही निर्विरोध निर्वाचित भएका छन्।

प्रत्येक वडाबाट निर्वाचित सदस्यसहित मोहन्याल गाउँपालिकाको कांग्रेस कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट