Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

देउबा असहमत भएपछि लम्कीचुहामा कांग्रेस सभापतिका लागि मतदान

  • कैलाली दर्पण
  • बिहिबार, अशोज ८, २०८३
देउबा असहमत भएपछि लम्कीचुहामा कांग्रेस सभापतिका लागि मतदान

अक्षर साथी,लम्की, असोज ८/नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशनमा कैलालीको लम्कीचुहा नगर सभापतिमा चार जनाले उम्मेदवारी दिएका थिए ।

टेकराज कठायत, तेजबहादुर चलाउने, मयाराम धमाला र लोकबहादुर देउवाले उम्मेदवारी दिएका थिए । टेकराज कठायतले मयाराम धामालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए भने तेज बहादुर चलाउने पनि बुधवार रातीसम्म आफ्नो उम्मेदवारी कायम नै राखेका थिए । तर अर्का उम्मेदवार लोक बहादुर देउवाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नलिने अडान राख्दै आएका थिए ।

यसैबीचमा बारम्बार तोकिएको निर्वाचन सर्दै आज बिहीवार बिहानासम्म आइपुग्दा तेज बहादुर चलाउनेले आफ्नो उम्मेदवारी फिर्ता लिएसंगै अहिले नगर सभापतिका लागि मयाराम धमाला र लोक बहादुर देउवाको लागि मतदान भइरहेको छ ।

लम्कीचुहाका १० वडाका तीन सय २१ जनाले दिउँसो १२:४५ बजेसम्म मतदान गर्ने व्यवस्था गरिएको छ ।
नगर सभापतिका लागि मयाराम धमाला र लोक बहादुर देउवा त्यस्तै जिल्ला सदस्य खुल्लामा दीपक बडुवाल र सुरेन्द्र बडुवालका लागि जेसिज हलमा भइरहेको मतदानको गणना आजै हुने निर्वाचन कार्यालयले जनाएको छ ।

बाँकी पदमा भने सहमति भइसकेको छ । नगर उपसभापतिमा जयप्रकाश न्यौपाने र मिना देवी चौधरीको नाममा सहमति भएको छ । त्यस्तै नगर सचिवमा दिपेन्द्र सहसचिवमा देवराज न्यौपानेको नाममा सहमति भएको छ ।

सदस्यमा दीपकप्रसाद सापकोटा, शारदा धमाला, जोरा सिंह रावल, नन्दलाल तिमिल्सेना, कोकिला रावल थापा, शारदा विष्ट, टेकबहादुर शाही, चन्द्राकुमारी बडुवाल र झपटबहादुर विष्टको नाम टुङ्गो लागेको छ । त्यस्तै जिल्ला सदस्यका लागि दीपक बडुवाल र सुरेन्द्र बडुवालका लागि मतदान भइरहेको छ ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको देशव्यापी प्रक्रिया अघि बढिरहेका बेला लम्कीचुहा नगर अधिवेशनलाई स्थानीय तहमा पार्टीको संगठन पुनर्गठन र नेतृत्व छनोटको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ ।

कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार पालिका अधिवेशन असोज ७ गते, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट