Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कांग्रेस टीकापुर नगर सभापतिमा झनकराज तिमिल्सिना निर्वाचित

  • कैलाली दर्पण
  • बुधबार, अशोज ७, २०८३
कांग्रेस टीकापुर नगर सभापतिमा झनकराज तिमिल्सिना निर्वाचित
Oplus_16908288

असोज ७। नेपाली कांग्रेस टीकापुर नगर कार्यसमितिको सभापतिमा झनकराज तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न नगर अधिवेशनले तिमिल्सिनाको नेतृत्वमा नगर कार्यसमिति निर्विरोध चयन गरेको हो।

उपसभापतिमा मालतीदेवी साउँद र लालकेश उपाध्याय, सचिवमा दिपकराज खनाल तथा सह-सचिवमा मिठ्ठबहादुर बोहरा चयन भएका छन्।

अधिवेशनबाट विभिन्न वडाका महिला तथा खुला सदस्यसहित युवा र दलित आरक्षणतर्फका सदस्यहरू पनि निर्विरोध चयन भएका छन्। जिल्ला प्रतिनिधिका लागि महिलातर्फ चाँदनीकुमारी जोशी खनाल र खुलातर्फ सुरतबहादुर रावललाई सिफारिस गरिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट