Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

महाधिवेशन प्रतिनिधि (युवा) मा शितल जंग शाहीको दाबेदारी

  • कैलाली दर्पण
  • मङ्लबार, अशोज ६, २०८३
महाधिवेशन प्रतिनिधि (युवा) मा शितल जंग शाहीको दाबेदारी

क्षेत्रीय प्रतिनिधि (युवा) शितल जंग शाहीले महाधिवेशन युवा तर्फ प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन।

नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं. २, लम्कीचुहा नगरपालिका–६बाट नेपाली कांग्रेसका युवा नेता शितल जंग शाही क्षेत्रीय प्रतिनिधि (युवा) पदमा सर्वसम्मत निर्वाचित भएका हुन।

क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत छनोट भएपछि शाहीले नेपाली कांग्रेस लम्कीचुहा–६ का नेता, कार्यकर्ता तथा सम्पूर्ण क्रियाशील सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्।

शाहीलेले आगामी क्षेत्रीय अधिवेशनमा ‘महाधिवेशन प्रतिनिधि (युवा)’ पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गर्दै आफुलाई निर्वाचित गरी पार्टीको केन्द्रीय महाधिवेशनमा सहभागी हुने अवसर प्रदान गर्न सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

शाहीले युवा पुस्ताको सहभागिता र नेतृत्वलाई प्राथमिकतामा राख्दै पार्टी संगठनमा सक्रिय र प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता शाहिले व्यक्त गरेका छन्।

युवाहरूलाई समेटेर पार्टी संगठनमा सक्रिय रहँदै आएका शाहीले पार्टीका गतिविधिमा साथ–सहयोग गर्दै आएको उनका समर्थकहरूको भनाइ छ। पछिल्लो समय पार्टी संगठनमा युवा पुस्ताको सहभागिता, प्रविधिको प्रयोग तथा बदलिँदो राजनीतिक परिवेशअनुसार काम गर्ने क्षमता भएका शाहीको उम्मेदवारीलाई क्षेत्रीय प्रतिनिधिहरू माझ चर्चाका रूपमा हेरिएको छ।

शाहीले आगामी क्षेत्रीय अधिवेशनमा आफू महाधिवेशन प्रतिनिधि (युवा) पदको उम्मेदवार रहने बताउँदै सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूसँग समर्थन र मतदानका लागि अपील गरेका छन्।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि प्रकाशित पछिल्लो कार्यतालिकाअनुसार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको कार्यक्रम यहीँ असोज १० गते गर्ने जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट