Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल कांग्रेस सभापतिमा दिपेन्द्र शाहीको उम्मेदवारी घोषणा

  • कैलाली दर्पण
  • आइतवार, अशोज ४, २०८३
मोहन्याल कांग्रेस सभापतिमा दिपेन्द्र शाहीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस मोहन्याल गाउँ कार्यसमितिको सभापति पदमा युवा नेता दिपेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. २, मोहन्याल गाउँपालिका–६ बाट शाही क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका हुन्।

क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएपछि शाहीले मोहन्याल–६ का नेता, कार्यकर्ता तथा सम्पूर्ण क्रियाशील सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्। उनले आगामी मोहन्याल गाउँपालिकाको अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउन आफूलाई जिम्मेवारी प्रदान गर्न आग्रह गरेका छन्।

युवा पुस्ताको सहभागिता र नेतृत्वलाई प्राथमिकतामा राख्दै पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्ने शाहीले प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टी संगठनमा सक्रिय रहँदै आएका शाहीले कठिन परिस्थितिमा समेत कांग्रेसका गतिविधिमा साथ–सहयोग गर्दै आएको उनका समर्थकहरूको भनाइ छ। पछिल्लो समय पार्टी संगठनमा युवा पुस्ताको सहभागिता, प्रविधिको प्रयोग तथा बदलिँदो राजनीतिक परिवेशअनुसार काम गर्ने क्षमताका कारण उनको उम्मेदवारी चर्चामा रहेको समर्थकहरूको दाबी छ।

शाहीले मोहन्याल गाउँपालिकाका सातवटै वडाका क्रियाशील सदस्य तथा क्षेत्रीय प्रतिनिधिसँग आफ्नो उम्मेदवारीका लागि समर्थन मागेका छन्।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि सार्वजनिक गरेको पछिल्लो कार्यतालिकाअनुसार पालिका अधिवेशन असोज ७ गते गर्ने जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट