कैलाली । नेपाली काङ्ग्रेस कैलाली क्षेत्र नम्बर-२ (ख)को सभापति पदमा युवा नेता लोकेन्द्र कठायतले आफ्नो उम्मेदवार घोषणा गरेका छ्न।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. २, लम्कीचुहा नगरपालिका–६ बाट नेपाली कांग्रेसका युवा नेता तथा निवर्तमान वडा सभापति लोकेन्द्र कठायत क्षेत्रीय प्रतिनिधि (युवा) पदमा सर्वसम्मत निर्वाचित भएका हुन।
क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत छनोट भएपछि कठायतले नेपाली कांग्रेस लम्कीचुहा–६ का नेता, कार्यकर्ता तथा सम्पूर्ण क्रियाशील सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्।
कठायतले आगामी कैलाली क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ अधिवेशनमा सभापति पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन्। उनले पार्टी संगठनलाई थप बलियो बनाउँदै सक्रिय रूपमा काम गर्ने अवसर प्रदान गर्न सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
युवा पुस्ताको सहभागिता र नेतृत्वलाई प्राथमिकतामा राख्दै पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत कठायतले व्यक्त गरेका छन्।
वडा तहबाटै राजनीतिक यात्रा सुरु गरेका कठायतले नेपाली कांग्रेस लम्कीचुहा–६ को वडा सभापति तथा वडा अध्यक्षको भूमिका निर्वाह गर्दै समाज र विकास निर्माणका क्षेत्रमा काम गरेका छन्।
पार्टी संगठनमा सक्रिय रहँदै आएका कठायतले कठिन परिस्थितिमा समेत पार्टीका गतिविधिमा साथ–सहयोग गर्दै आएको उनका समर्थकहरूको भनाइ छ। पछिल्लो समय पार्टी संगठनमा युवा पुस्ताको सहभागिता, प्रविधिको प्रयोग तथा बदलिँदो राजनीतिक परिवेशअनुसार काम गर्ने क्षमता भएका कठायतको उम्मेदवारीलाई क्षेत्रीय प्रतिनिधिहरूमाझ चर्चाका रूपमा हेरिएको छ।
कठायतले आगामी क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ अधिवेशनमा आफू सभापति पदको उम्मेदवार रहने बताउँदै सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूसँग समर्थन र मतदानका लागि अपिल गरेका छन्।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि प्रकाशित पछिल्लो कार्यतालिकाअनुसार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको कार्यक्रम यही असोज १० गते गर्ने जनाएको छ।