Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कांग्रेस १५औँ महाधिवेशनमा होमियो,भोलिदेखि वडा अधिवेशन

  • कैलाली दर्पण
  • शुक्रबार, अशोज २, २०८३
कांग्रेस १५औँ महाधिवेशनमा होमियो,भोलिदेखि वडा अधिवेशन

नेपाली कांग्रेस १५औं महाधिवेशनमा होमिएको छ । कांग्रेसले शनिबारदेखि वडा अधिवेशन गर्दै छ । असोज ३ र ४ गते देशभर वडामा अधिवेशन गर्ने तालिका छ । वडा अधिवेशनले वडा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ ।

क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचनाअनुसार वडा कार्यसमितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ ।

४ सय ६० गाउँपालिकामा ३ हजार २ सय १५, २ सय ७६ नगरपालिकामा ३ हजार १ सय २०, ११ उपमहानगरपालिकाका २ सय ३४ र ६ महानगरपालिकाका १ सय ७४ गरी देशभर ६ हजार ७ सय ४३ वडा छन् । पार्टीको विधानअनुसार वडा कार्यसमितिमा ८५ हजार ४ सय ३४ जना निर्वाचन हुनेछन् । यसमा ३३ हजार ७ सय १५ पदाधिकारी र ५१ हजार ७ सय १९ सदस्य निर्वाचित हुनेछन् ।

सम्बन्धित समाचार
ताजा अपडेट