सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक संसद्मा लैजाने तयारी भएको छ।
प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था गरिएको छ।
कानुनमन्त्री सोबिता गौतमका अनुसार बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभई दुवै अभिभावकको साझा जिम्मेवारी हो। त्यसैले नवजात शिशु र परिवारका लागि अभिभावकलाई पर्याप्त समय उपलब्ध गराउनु राज्यको जिम्मेवारी रहेको उनले बताएकी छन्।
संशोधन विधेयक मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारी भइरहेको छ।