Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलाली जनपुस्तकालयद्वारा भोटेकोशी बाढीपीडितका लागि २५ हजार सहयोग

  • कैलाली दर्पण
  • शुक्रबार, भदौ १२, २०८३
कैलाली जनपुस्तकालयद्वारा भोटेकोशी बाढीपीडितका लागि २५ हजार सहयोग
Oplus_16908288

कैलाली/ भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि कैलाली जनपुस्तकालय धनगढीले २५ हजार रुपैयाँ सहयोग गरेको छ।

बाढीबाट ठूलो जनधनको क्षति भई कैयौँ परिवार पीडामा रहेका बेला पुस्तकालयको प्रबन्ध समितिको बैठकले भाद्र१३,१४ र १५ गतेको आफ्नो स्थापना दिवसको अवसरमा गरिने विभिन्न कार्यक्रमहरु स्थगित गरि बिपद प्रभावित क्षेत्रमा राहतका लागि रकम प्रदान गर्ने निर्णय गरेको पुस्तकालयका अध्यक्ष शिवराज ओझाले जानकारी दिनुभयो । उहाँले बिपद प्रभावित क्षेत्रमा उद्घार राहत र प्रतिकार्यका लागि सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरिएको बताउनु भयो ।

पुस्तकालयको तर्फबाट २५००० रुपैयाँ नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत आधिकारिक बैंक खाता नं मा जम्मा गरिने पुस्तकालयका प्रबन्ध समितिका कोषाध्यक्ष राजेन्द्र रैकाले बताउनु भयो

सम्बन्धित समाचार
ताजा अपडेट