कैलाली । मोहन्याल गाउँपालिका–६ सुगरखालमा नवनिर्मित कालिका मन्दिरको औपचारिक उद्घाटन गरिएको छ।
शुक्रबार गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले शिलालेख अनावरण गर्दै मन्दिरको उद्घाटन गरेका हुन्।
मन्दीर , धर्मशाला तथा फिल्ड निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
निर्माण समितिका अध्यक्ष टंकप्रसाद उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा खड्कराज चौलागाईंले स्वागत मन्तव्य दिएका थिए भने शिक्षक दीर्घराज जैसीले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष रतनराज भाट, भैरवमाला राष्ट्रिय माविका अध्यक्ष सुरेन्द्र जैसी, समाजसेवी टीकाराम जैसी, खन्टे खत्री, स्थानीयलगायतको उपस्थिति रहेको थियो।