Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

विपन्न विद्यार्थीलाई हिन्दू जागरण नेपालको शैक्षिक सामग्री सहयोग

  • कैलाली दर्पण
  • शुक्रबार, भदौ ५, २०८३
विपन्न विद्यार्थीलाई हिन्दू जागरण नेपालको शैक्षिक सामग्री सहयोग
Oplus_16908288

कैलाली । हिन्दू जागरण नेपाल जिल्ला कार्यसमिति कैलालीले लम्किचुहा नगरपालिका–४, गिधिनियास्थित श्री जनसृजना प्राथमिक विद्यालयका अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

विद्यालयका विपन्न छात्र–छात्रालाई कापी, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो।

हिन्दू जागरण नेपाल जिल्ला कैलालीका सदस्य तथा लम्किचुहा संयोजक काली प्रसाद न्यौपानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा हिन्दू जागरण नेपाल सुदूरपश्चिम संयोजक तथा कैलाली कोषाध्यक्ष पूर्ण प्रसाद उपाध्याय प्रमुख अतिथि रहेका थिए।

त्यस्तै, हिन्दू जागरण नेपाल जिल्ला कार्यसमिति कैलालीका पूर्वअध्यक्ष भवानी प्रसाद न्यौपाने र विद्यालयका प्रधानाध्यापक खकेन्द्र प्रसाद उपाध्याय विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिकालगायतको उपस्थिति थियो।

कार्यक्रमको शुभारम्भ स्वस्तिवाचनबाट गरिएको थियो। आयोजकका अनुसार विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्दा उनीहरूको अध्ययनप्रति थप उत्साह बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट