Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियाको सामुदायिक बनभित्र भरुवा बन्दुक पड्किँदा एकको मृत्यु

  • कैलाली दर्पण
  • बुधबार, भदौ ३, २०८३
बर्दगोरियाको सामुदायिक बनभित्र भरुवा बन्दुक पड्किँदा एकको मृत्यु
Oplus_16908288

कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार विश्वकर्माको गएराति सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु भएको हो।

घटनापछि विश्वकर्मासँगै जंगल गएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। घटनास्थलमा प्रहरी टोली पुगेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक विष्टका अनुसार बन्दुक कसले र किन चलाएको हो भन्ने खुलेको छैन। साथै, विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो वा होइन भन्ने विषयमा समेत यकिन भइसकेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट