कैलालीको बर्दगोरियामा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा पुल नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय साबित्रा सापकोटाको घटनास्थलमै मृत्यु भएको हो।
पश्चिमबाट पुर्वतर्फ आउदै गरेको सु.प.प्र.०१-००१ ख ३६९५ नम्बर को ट्रकले सोही दिशाबाट बौनियातर्फ आउदै गरेको लु.प्र.०१-०१० प ००४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो
प्राप्त जानकारीअनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले आवश्यक मुचुल्का तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको छ।
ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरिले जानकारी दिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
सापकोटा लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहेकी थिइन । उनी नेकपा एमाले निकट अखिल नेपाल महिला संघकि केन्द्रिय सदस्य तथा एमाले सुदुरपश्चिम् प्रदेशकि सल्लाहकार सदस्य थिइन ।