कैलालीको बर्दगोरियामा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा पुल नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय साबित्रा सापकोटाको घटनास्थलमै मृत्यु भएको हो।
प्राप्त जानकारीअनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले आवश्यक मुचुल्का तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको छ।
दुर्घटनाबारे थप विवरण तथा ट्रक र चालकको पहिचान खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।