बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका– ६ मा रहेक वर्ष जस्तै यस वर्ष पनि थारु समुदायको पहिलो तिहार(टिहुवार)का रुपमा रहेका वडा स्तरीय गुरही असरैना तथा सांँस्कृतिक कार्यक्रम हुने भएको छ ।
“थारु भाषा ,सांस्कृति हमार पहिचान संरक्षण ,प्रबर्द्धन कर्ना हमार अभियान ” भन्ने नाराका साथ रहेक वर्ष नाग पञ्चमीका दिन थारु समुदायले आफ्नो पहिलो तिहार (टिहुवार)का रुपमा मनाउने गुरही असरैना कार्यक्रम यस वर्ष संचालन हुने भएको हो ।
विगतका दिनहरुमा गुरही असरैना विषेश रुपमा हुने यो कार्यक्रम यस वर्ष भने नाग पञ्चमीलाई समेत विशेष रुपमा समेटिने भएको छ । कार्यक्रम भदौ १ गतेका दिन हुने आयोजक संस्था कैलाली इभेन्ट एण्ड मिडिया नेटवर्क प्रालिले जानकारी दिएको छ । कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ ।
बर्दगोरिया–६ मा हुने गुरही असरैना कार्यक्रमको माध्यमबाट वडा नं. ६ मा भएको विकासको प्रचार र आगामी दिनहरुमा वडा सरकारले गर्नु पर्ने विकासको बारेमा उक्त सांस्कृतिक कार्यक्रम मार्फत वडा सरकारलाई सचेतना गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
गुरही असरैना कार्यक्रम परापूर्व काल देखिनै विशेष गरि थारु समुदायले आफ्नो पहिलो तिहार (तिहुवार)का रुपमा मनाउने प्रचलन रहि आएको छ । कैलाली, कञ्चनपुर लगायत थारु समुदायको बसोवास रहेका स्थानमा भव्य रुपमा मनाउने प्रचलन रहिआएको छ ।
गुरही असरैना कार्यक्रममा थारु समुदायका परिकार र कला संस्कृति र मौलिकता झल्काउने भेषभुषा र मन्दरहुवा नाच सहितको प्रदर्शन गरि विभिन्न थारु समुदायका खानाका परिकार समेत खाने प्रचलन रहिआएको छ ।
यस वर्षको उक्त कार्यक्रमा चर्चित महलोक गायक मनिराम करियामघरिया,मोडल भोजपुरी कुइन ,गायक रमेश पन्सग्गा, युगल जोडी रेमु /गिता ,डन्सर पृतु चौधरी ,डन्सर एलिशा चौधरी साथै पहाडी समुदायका पनि विभिन्न परम्परागत कला संस्कृतिको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।