Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बालबाटिका विद्या मन्दिरले सांस्कृतिक कार्यक्रम सहित मनायो गुरु पूर्णिमा

  • कैलाली दर्पण
  • बुधबार, साउन १३, २०८३
बालबाटिका विद्या मन्दिरले सांस्कृतिक कार्यक्रम सहित मनायो गुरु पूर्णिमा
Oplus_16908288

बर्दगोरिया । कैलालीको बर्दगोरिया स्थित बालबाटिका विद्या मन्दिरले विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्दै गुरु पूर्णिमा भव्य रूपमा मनाएको छ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले आफ्ना शिक्षक/ शिक्षिकाहरूलाई गुरुका रूपमा सम्मान गर्दै टीका, पुष्प अर्पण तथा केक काटेर गुरु पूर्णिमाको शुभकामना व्यक्त गरेका थिए। विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रमोद मल्लले गुरु पूर्णिमा विद्यालयका शिक्षकहरू मात्र नभई जीवनका विभिन्न क्षेत्रमा मार्गदर्शन गर्ने सबै गुरुहरूप्रति सम्मान व्यक्त गर्ने दिन भएको बताउनुभयो ।
उहाँले शिक्षकहरूलाई केवल पेसागत शिक्षकका रूपमा सीमित नरही गुरुको भूमिकामा रहेर विद्यार्थीको ज्ञान, संस्कार र व्यक्तित्व विकासमा समर्पित हुन आग्रह गर्नुभयो।

विद्यालयले हरेक क्रियाकलाप संगै गुरु–शिष्य सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट