Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा प्रतिनिधिसभा सदस्य प्रेम बयकलाई स्वागत तथा सम्मान

  • कैलाली दर्पण
  • बुधबार, साउन १३, २०८३
बर्दगोरियामा प्रतिनिधिसभा सदस्य प्रेम बयकलाई स्वागत तथा सम्मान

कैलाली क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य माननीय प्रेम बयकलाई बर्दगोरिया गाउँपालिकामा स्वागत तथा सम्मान गरिएको छ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले खादा ओढाई माननीय बयकलाई स्वागत गर्नुभएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मबहादुर थारु, वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

स्वागत ग्रहण गर्दै प्रतिनिधिसभा सदस्य बयकले कैलाली क्षेत्र नम्बर–२ को समग्र विकासका लागि कुनै कसुर बाकी नराख्ने बताउनु भयो । साथै उहाँले बर्दगोरिया गाउँपालिकाले विकास, सेवा प्रवाह तथा सुशासनका क्षेत्रमा गरेका सकारात्मक कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार
ताजा अपडेट