Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जोशिपुरमा जारि प्रथम कृषि तथा व्यापारिक साँस्कृतिक सन्ध्याकालीन मेला सम्पन्न

  • कैलाली दर्पण
  • बिहिबार, साउन ७, २०८३
जोशिपुरमा जारि प्रथम कृषि तथा व्यापारिक साँस्कृतिक सन्ध्याकालीन मेला सम्पन्न

कैलालीको जोशिपुरमा जारि प्रथम जोशीपुर कृषि तथा व्यापारिक सांस्कृतिक सन्ध्याकालीन मेला–२०८३ बुधबार  सम्पन्न भएको छ।

यहि असार २१ गतेदेखि सुरु भई साउन ६ गते सम्पन्न भएको मेलामा करिब ५० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ। मेलाको अवधिभर करिब १ करोड रुपैयाँ बराबरको व्यापारिक कारोबार भएको तथा ३५ लाख रुपैयाँ बराबरको टिकट बिक्री भएको जानकारी दिइएको छ। मेलामा प्रवेशका लागि प्रतिव्यक्ति १०० रुपैयाँ टिकट शुल्क तोकिएको थियो।

जोशीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र बमको सभापतित्वमा र जोशीपुर गाउँपालिका–२ का वडा अध्यक्ष विष्णु डगौरा प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो ।

समापन समारोहमा पत्रकारिता, व्यापारलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ८ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। पत्रकारिता क्षेत्रबाट कोसेली एफएमका प्रबन्ध निर्देशक लिलाजंग शाही तथा व्यापार क्षेत्रबाट धर्मेन्द्र बिष्ट लगायत ८ जना सम्मानित भएका थिए।

मेलाको अन्तिम दिन चर्चित कलाकार सुमित्रा चौधरी, आकृति चौधरी, सकिना चौधरी, र्यापर इन्द्रराज सन्ज्याल तथा रोयल किङ लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए।

कार्यक्रमको सञ्चालन समितिका महासचिव सुदराम दहितले गरेका थिए।

आयोजकका अनुसार कृषि, व्यापार, कला र संस्कृतिको प्रवर्द्धनसँगै स्थानीय बजारको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले आयोजना गरिएको मेला सफलतापूर्वक सम्पन्न भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट