बर्दगोरिया । मदन भण्डारी स्पोर्ट्स एकेडेमी घोडाघोडी नगर कमिटीको आयोजनामा वृहत् वृक्षरोपण कार्यक्रम घोडाघोडी नगरपालिका अन्तर्गत रहेको बुलबुले बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न भएको छ ।
कार्यक्रम मदन भण्डारी स्पोर्ट्स एकेडेमी घोडाघोडी नगर कमिटीका अध्यक्ष पुरण परियारको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा घोडाघोडी नगरपालिकाका संस्थापक नगरप्रमुख तथा नेकपा (एमाले) कैलाली जिल्ला कमिटीका सचिव ममताप्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
त्यसैगरी, नेकपा (एमाले) कैलाली जिल्ला कमिटी सदस्य तथा कैलाली निर्वाचन क्षेत्र नम्बर–३ का संयोजक खकेन्द्र ठगुल्ला विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वृक्षरोपण अभियानको महत्त्वबारे चर्चा गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न जातका बिरुवा रोपेर हरित वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पदाधिकारी, नेकपा (एमाले)का नेता–कार्यकर्ता, स्थानीय समाजसेवी, युवा तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
साथै मदन भण्डारी स्पोर्ट्स एकेडेमी घोडाघोरी नगर कमिटीले कोषाध्यक्ष पनि नियुक्त गरेको छ । नव नियुक्त कोषाध्यक्षलाई प्रमुख अतिथिले खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन घोडाघोडी नगर कमिटीकी सचिव राधिका अधिकारीले गर्नुभएको थियो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी घोडाघोडि नगर कमिटि सक्रिय रुपमा अघि बढ्दै गएको छ ।