Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

युवा वैज्ञानिक अरुण लोहारलाई बर्दगोरियाद्वारा ल्यापटप हस्तान्तरण

  • कैलाली दर्पण
  • बुधबार, असार २४, २०८३
युवा वैज्ञानिक अरुण लोहारलाई बर्दगोरियाद्वारा ल्यापटप हस्तान्तरण
oplus_140509186

कैलाली- कैलालीको बर्दगोरिया गाउँपालिकाले विज्ञान तथा प्रविधिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका टिकापुरका युवा वैज्ञानिक अरुण लोहारलाई प्रोत्साहनस्वरूप ल्यापटप हस्तान्तरण गरेको छ ।

ल्यापटप हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर , प्रमुख प्रशासकीय अधिकृत धर्म बहादुर थारु, वडा नम्बर ५ का अध्यक्ष भोले राम चौधरी , कृषि शाखा प्रमुख झन्कर रावत, रोजगार शाखा प्रमुख भुमी शर्माको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले युवा पुस्तामा अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक सोचको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले लोहारलाई पुरस्कारस्वरूप ल्यापटप प्रदान गरेको बताउनु भयो ।
गाउँपालिकाका प्रतिनिधिहरूले अरुण लोहारले आफ्नो अनुसन्धान र आविष्कारमार्फत कैलाली तथा सुदूरपश्चिम प्रदेशको पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट कार्यका लागि शुभकामना व्यक्त गरे।

युवा वैज्ञानिक लोहारले गाउँपालिकाबाट प्राप्त सम्मान र प्रोत्साहनले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै आगामी दिनमा विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ–नयाँ अनुसन्धान र आविष्कारमार्फत देशको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बर्दगोरिया गाउँपालिकाले यस्ता प्रतिभावान युवाहरूलाई सम्मान तथा प्रोत्साहन गर्दै स्थानीय स्तरमा नवप्रवर्तन, अनुसन्धान र सिर्जनशीलताको वातावरण निर्माण गर्ने नीति अवलम्बन गरेको जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट